दमक/झापाको दमकको मुख्य चोकलाइ आकर्षक बनाउनका लागि गमलाहरु राखिएता पनि यसको उचित संरक्षण हुन सकेको छैन । नियमित रुपमा पानी नहाल्दा र यसमा खासै कसैको चासो नजाँदा गमलाका फुल तथा बोटबिरुवा मर्ने गरेकाछन् ।

आफ्नो पसल अगाडि भएको गमला सम्बन्धित ब्यापारीहरुले संरक्षण गर्दा र दैनिक रुपमा हेरबिचार गर्दा त्यो फस्टाउन सक्ने अपेक्षा सहित दमक उद्योग बाणिज्य संघले गमला राखेको जनाइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कहिलेकाहि बिभिन्न संघसंस्था तथा सामाजिक अगुवाहरुले पानी हाल्ने गरेको भएता पनि यो दिनहु नहुदा गमलाका बिरुवा मर्ने र नहुर्कने समस्या रहेको बताइन्छ ।

सेल्फि हान्न र फोटो पोष्ट गर्नका लागि मात्र नभएर दमकको सौन्दर्यतालाइ बढाउनका लागि यसको संरक्षणमा जुटनु पर्ने भन्दै सामाजिक सञ्जालमा आवाज उठ्ने गरेको छ ।

दमकका पत्रकार नगेन्द्रमणि न्यौपानेले आफ्नो फेसबुकमा लेखेकाछन्-हिजो अस्ति सम्म त पानी लगाउनपनि तछाड मछाड हुन्थियो आज भोलि त गमला फुटदा पनि कसैलाई वास्ता छैन ।

त्यसैमा कमेन्ट गर्दै अर्का पत्रकार बिमल लामिछानेले पनि कडा नै प्रतिक्रिया दिएकाछन् । यस बिषयमा उनले लेखेकाछन्- राम्रो हुँदा हो सबैले हेर्ने ...।