दमक/झापाको दमक नगरपालिका उपप्रमुख गीता अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका जाने प्रतिनिधिमण्डलमा सहभागि हुनु हुने भएको छ । प्रधानमन्त्री ओली आज बेलुकी अमेरिका प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभालाई सम्बोधन गर्न नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । सोहि टोलीमा उपप्रमुख अधिकारी पनिछिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच प्रधानमन्त्री ओलीले कोस्टारिकामा रहेको युएन पिस युनिभर्सिटीको कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले ओलीको भ्रमणको कार्यतालिका स्वीकृत गरेको थियो ।