बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमकका सिर्जनशिल युवाहरु मिलेर आफ्नै पहलकदमी र लगानीमा शुरु गरेको हाम्रो बाल आश्रममा सहयोगी हातहरु बढ्न थालेको पाईएको छ ।

सडकमा अलपत्र भेटिएका बालबालिका, टुहुरा बालबालिकाहरु राख्नका लागि कहि कतै झापामा यस प्रकारको ठाँउ नदेखेपछि दमकका केहि सचेत युवाहरुमा यो सोच पलाएपछि आफै १ १ लाख रुपिया उठाएर शुरु गरेको कामले अहिले मुर्त रुप लिन लागेको पाईएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाम्रो बालआश्रमका सचिब साजन श्रेष्ठले आफै एककठ्ठा जमिन प्रदान गरेकाछन् । निर्माणको काम शुरु गर्न उनले एकलाख समेत दिएका थिए । अध्यक्ष प्रकाश थापा र सदस्यहरु सुमन कोइराला, बिकास शर्मा, बिकास अग्रवाल, प्रहर क्षेत्री, खिलराज खरेल, तुलसीराम तिम्सिनाले शुरुवाती १ लाखका दरले रकम उठाएकाहुन् ।

सचिब श्रेष्ठका अनुसार बालश्रम निर्माण काम अन्तिम चरणमा पुगेको छ । करिब ३० लाख खर्च भइसकेको छ । देश तथा बिदेशमा रहेकाहरुले आफुहरुले गरेको काम देखेर सकेको सहयोग गरेका कारण यो सम्भव भएको उनको भनाइ छ ।

बालश्रमका अध्यक्ष थापाले अब तिहारसम्ममा यो तयार हुने जनाए । तयार पछि लगत्तै सञ्चालनमा आउने उनको भनाइ रहेको छ । दमक २ खरखरेमा अहिले २४ जनासम्म क्षमताको भवन धमाधम बनिरहेको छ ।

संस्थाका सल्लाहकार धनकुटे कान्छाका अनुसार युवाहरुको यो कदम अनुकरणिय भएको बताए । उनले आफै आफुबाट नै नयाँ कामको शुरुवात गर्न सकिन्छ भन्ने यसमा संलग्न युवाहरुले देखाएको उनको भनाइ छ ।

अर्का सल्लाहकार नबिन योगीले आफुलाइ पनि यो कामले तानेको बताए । उनले यो दमकका लागि आवश्यक रहेको जनाउदै सबैको सहयोग आवश्यक रहेको जनाए ।

यसैबीच हाम्रो बालश्रमले सहयोग जुटाउनका लागि आउदो असोज १२ गते कन्दरा ब्याण्डको लाइभ प्रस्तुती गर्ने भएको छ । त्यसको तयारी भब्य रुपमा भइरहेको शनिबार दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ । सरस्वती माबिको मैदानमा कार्यक्रम हुने भएको छ ।