दमक/झापाको दमक नजिक कमल गाँउपालिकाको वडा नं. ५ पाडाजुंगीमा केहिबेर अघि ११ बजेर ३० मिनेट जाँदा दुर्घटना भएको छ । मे ६ प ९११ नम्बरको पल्सर र मे १० प ३८५९ जम्बरको नयाँ स्कुटी जुध्दा दुर्घटना भएको हो ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पाडाजुंगीको गीता आयल अगाडि दुर्घटनामा परेर ३ जना गम्भिर घाइते भएको जनाईएको छ ।स्कुटीको अग्रभाग पुर्ण रुपमा क्षति भएको छ भने घटनास्थलमा रक्ताम्मे बनेको छ । घाइतेहरुको उपचारका लागि दमक ल्याइएको जनाईएको छ ।











