दमक/झापाको दमकमा खानेपानी धाराबाट धमिलो र रातो लेदोजस्तो पानी आएको उपभोक्ताहरुले बताएकाछन् । उपभोक्ताहरुले धाराको पानी खान नै नसक्ने गरी आएकाले किनेर खानु पर्ने बाध्यता बनेको बताएकाछन् ।

हिजो र आज धारामा आएको पानी पीउन अयोग्य रहेको जनाउदै सामाजिक सञ्जालहरुमा समेत यसको तिब्र बिरोध भएको छ । यस्तो गर्मिमा पानी फोहोर आएपछि दमकबासी पीडित बनेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष पशुपतिराज गौतमका अनुसार फिल्टरमा समस्या भएकाले यस्तो भएको हो । यसलाइ सुधार गरिएको उनले बताए । कहि समस्या भएको भए सुधार गरिदै लैजाने उनको भनाइ छ ।