दमक/झापाको दमक नमुना बजारमा आज देखि रात्रीकालिन पसल खुला भएको छ । आज एक कार्यक्रमबीच रात्रीकालिन बजार शुरुवात भएको घोषणा भएको हो ।

दमक नगरपालिका, दमक उद्योग बाणिज्य संघ, इलाका प्रहरी कार्यालय दमक, सामाजिक संघसंस्था लगायतको सहभागितामा घोषणा गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको मुख्य बजार नमुना बजारमा अब राती १० बजेसम्म पसल तथा ब्यापार ब्यवसाय सञ्चालन हुनेछन् । वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाका अनुसार यो दमकका लागि एउटा नयाँ कामको शुरुवात हो ।