बिष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिका भएर बग्ने रतुवा र मावा खोलाको उत्खननका लागि दमक नगरपालिकाले आह्वान गरेको बोलपत्रभन्दा ३ गुणा बढिमा ठेक्का लागेको बताईएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात पहिलो पटक दमक नगरपालिकाले आफै दुइ खोलाको ठेक्का लगाएको हो ।

दुइ खोलाको आइइ अनुसार निकालिने खोलाजन्य सामाग्रि उत्खनन्, संकलन, घाटगद्धी एवं बिक्री कर अन्र्तगत २०७५ असोज १५ गतेदेखि २०७६ जेठ मसान्तसम्मका लागि ३ करोड ११ लाख ११ हजार ३ सय ८५ रुपिया न्यूनतम अंक राखेर ठेक्का आह्वान गरेकोमा शुक्रबार १५ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । अहिले खोलाहरुमा खोलाजन्य सामाग्रि उत्खनन्मा प्रतिबन्ध रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार १५ वटा कम्पनीमध्ये सुनसरीको शिवालिङ प्रालिले सबैभन्दा बढि भ्याट बाहेक ८ करोड २३ लाख रुपियको प्रस्ताव पेस गरेको छ । यो भ्याट बाहेकको रकम हो । भ्याट जोड्दा ९ करोड नाघ्ने छ । प्रस्ताव अध्ययन गर्ने काम भइरहेको बताउदै केहि दिनभित्रै निर्णय गरिने जनाईएको छ । यो पास भएको अवस्थामा नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोत बन्नेछ । भ्याट जोड्दा ९ करोडभन्दा माथि हुने जनाइन्छ ।

यो भन्दा अघिल्लो बर्षहरुमा साविक जिल्ला बिकास समितिले ठेक्का लगाउदै आएकोमा यो पटक स्थानीय सरकारले खोलाजन्य सामाग्रि उत्खनन्का लागि ठेक्का लगाउने अधिकार पाएको  थियो ।

दोस्रो ठुलो अंक ६ करोड ६२ लाख ११ हजार १ सय ११ रुपिया रहेको तिम्सिनाले बताउनु भयो । यहाँका खोलाहरु ठेक्का प्रक्रियामा जाँदा बर्षेनी बिबाद र झगडा हुदै आएकाले बिहानैदेखि सुरक्षा कडा बनाएर प्रस्तावहरु नगरपालिकाले लिएको थियो । खोलाजन्य सामाग्रि उत्खनन्मा समेत बारम्बार समस्या आउने गरेको छ ।

तोकिएको मापदण्ड अनुसार काम गर्र्नु पर्ने र त्यो शर्तमा मात्र आफुहरुले ठेक्का सम्झौता गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिम्सिनाले बताउनु भयो । खोलाको लागि ९ वटाभन्दा बढि कम्पनीहरुले ५ करोडभन्दा माथिको प्रस्ताव गरेको जनाईएको छ ।