दमक/झापाको दमकमा हिजो रातीदेखि झापामा नै पहिलो पटक रात्रीकालिन बजार शुरु भएको छ । औपचारिक उद्घाटनपछि नै रात्रीकालिन बजार शुरु भएको हो ।दमक उद्योग बाणिज्य संघले २ बर्षअघि देखि नै यसको प्रयास गर्दै आएको थियो ।
करिब डेढ करोड खर्च गरेर स्थापना गरिएको नमुना पर्यटकीय सडकलाइ प्रवद्र्धन गर्ने उदेश्यका साथ रात्रीकालिन बजार शुरु गरिएको दमक नगरपालिका वडा नं छ का वडाध्यक्ष टेकबहादुर थापाले बताए ।
उनका अनुसार अब राती कम्तिमा पनि ९ बजेसम्म दमक खुल्लेछ । दिउसो तथा दिनमा नभ्याउनेहरु रातमा किनमेल गर्न सकुन भनेर यो शुरुवात भएको बताइन्छ । पर्यटकलाइ लक्षित गरेर गरिएपनि सबैका लागि यो फाइदा भएको उनले बताए ।










