१३८ वटा पेन्सिल मुखमा राखेर विश्व रेकर्ड कायम गर्न सफल झापाको बिर्तामोड निवासी २० राजा थापा अर्काे पनि अनौठो विश्व रेकर्ड राख्ने तयारीमा जुटेका छन् ।

भारतका दिनेश शिवनाथन उपाध्यायले आफ्नो मुखमा ९२ वटा पेन्सिल राखेर कायम गरेको विश्व रेकर्डलाईपछि पार्दै गत फेव्रवरी २ मा मिरर डटकमले १३८ वटा पेन्सिल मुखमा राखेर उनले विश्व रेकर्ड कायम गरेको खवर सार्वजनिक गरेको थियो । पाँचथरको स्याव्रुम्वा – ६ मा जन्मिएका उनी अहिले बिर्तामोड बस्तै आएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले यस अघि ३२ वटा मैनवत्तीलाई मुखमा वालेर पनि विश्व रेकर्ड कायम गरिसकेका छन् । उनले यो रेकर्ड कायम गर्दा ३२ वटा मैनवत्तीलाई ३० सेकेन्डसम्म मुखमा राखेर बाल्न सफल भएका थिए ।

उनले गौरादहको एक बिद्यालयमा आँखाको डिलमा हुक लगाएर मारुती भेन तान्दा हेर्नेहरुको आँखामा आँशु झरेको थियो । उनले यो दृश्य निक्कै कठिनका साथ देखाएनन् मात्र बिश्व रेकर्ड राखेर नेपाललाइ चिनाउने पनि बताए ।

अवसर पाए नेपालको नाम राख्ने मेरो सोच हो भन्दै उनले भने –‘ कसैले सहयोग गर्न चाहानुभए जस्तो सुकै काम गरेर भएपनि म देशको नाम राख्छु ।