दमक/झापाको दमक नगरपालिकाभित्र बिक्रि बितरण भइरहेका बिभिन्न प्रकारका पेयपदार्थहरु उपभोग्य मिति समाप्त भएपनि बिक्रि बितरण भइरहेको पाईएको छ । दमक नगरपालिकाका क्यान्टिनमा नै यस्तो भेटिएको छ ।
बजारमा समेत छ्याप्छयाप्तीमात्रामा उपभोग्य मिति समाप्त भएका पेयपदार्थहरु भेटिएकाले हेरेरमात्र खानु पर्ने बताईएको छ । दमक नगर बजार अनुगमन समितिका संयोजक भीम पौड्यालले तत्कालै बजार अनुगमन गरिने बताए ।
आज बिहान बसेको समितिको बैठकले ब्यवसायीलाइ अनिवार्य मूल्य सुचि टाँस गर्न लगाउने, लेबल टाँस गरिएका उपभोग्य सामाग्रिमात्र बेच्न लगाउने लगायतका बिषय निर्णय भएको पनि पौड्यालले बताए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बजार अनुगमनलाइ प्रभावकारी बनाइनु पर्ने बताउदै तर्साउने हिसाबले मात्र गर्नु नहुने जनाएका थिए ।










