शुभनारायण कामती/सिरहा
सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ८ को नवनिर्मित भवन हस्तान्तरण सम्बन्धमा विवाद हुँदा दुईपक्षवीच झडप भएको छ । झडपमा परी ४ जना धाइते भएकाछन् भने २ को अवस्था गम्भिर रहेको छ ।
वडा कार्यालयको नवनिर्मित भवन हस्तान्तरणको कार्यक्रममा झड्प हुँदा मिर्चैया नगरपालिका ८ भगवतपुरका ३४ वर्षीय मनोज कुमार यादव, विष्णु यादव, ५५ वर्षिय राम अशिष यादव र उनको भाई ४४ वर्षिय मनिकलाल यादव गम्भीर घाईते भएका छन् । उनीहरुको मिर्चैयास्थित मिर्चैया मंगलम नर्सिङ होममा उपचार भइरहेको जनाइएको छ । गम्भिर धाइते भएका राम अशिष यादव र उनका भाई मनिकलाल यादवलाई थप उपचारको लागि बिराटन रेफर गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
किन भयो झडप ?
उपभोक्ता समितिले ११ लाख रुपैयाँको लागतमा निर्माण गरेको तीन कोठे भवन हस्तान्तरणको कार्यक्रम वुधवार राखिएको थियो । हस्तान्तरण कार्यक्रम रहेपनि ब्यानरमा उद्घाटन कार्यक्रम उल्लेख भएपछि विवाद सुरु भएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष राम जगत यादवले हस्तान्तरण कार्यक्रममा उद्घाटनको ब्यानर देखेपछि प्रतिवाद गरेका थिए । वडा अध्यक्ष यादवले भने, ‘आज साँचो हस्तान्तरण कार्यक्रम थियो । तर उद्घाटनको ब्यानर राखिएको थियो ।’
कार्यक्रम स्थगत भएपछि वडा अध्यक्ष लगायतका केही स्थानीयले उपभोक्ता समितिका अध्यक्ष राम अशिष यादवको घरमा गएर होहल्ला गर्दै विवाद गरेका स्थानीयले बताए । वडा अध्यक्षसँग आएकाहरुले त्यही क्रममा रामअशिष र मनिकलालमाथि आक्रमण गरेको स्थानीयले बताए । त्यस क्रममा वडा अध्यक्ष यादवले मिर्चैया नगरपालिकाका कर्मचारी धनन्जय महतोमाथि पनि हातपात गरेको स्थानीले बताए ।
हस्तान्तरण कार्यक्रममा मेयर श्रवण यादव, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पौडेल लगायत सहभागि भएका थिए । उनीहरु भवन हस्तान्तरण कार्यक्रम नभएपछि फर्किएका थिए । घटना वारे मेयर श्रवण यादवसँग प्रतिक्रिया लिन खोज्दा फोन रिसिब भएन ।
वडा अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित हुन् । मेयर यादव नेकपा ९माओवादी केन्द्र० बाट निर्वाचित भएको हुँदा विभिन्न विषयमा दुवैवीच कुरा नमिल्ने गरेको स्थानीयको भनाई छ । मेयर यादवले वडा कार्यालय भवन निर्माण गराउन आफैंले सक्रियता देखाएका थिए ।
मिर्चैया नगरपालिका ८ भगवतपुरका वडा अध्यक्ष राम जगत यादवलाई प्रहरीले घटनावारे सोधपुछ गरिरहेको बताएका छन् । प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले दुईपक्षवीच झडप भएको र घाईतेहरुको उपचार भईरहेको बताएका छन् । जनता टाइम्स बाट साभार गरिएको हो










