दमक/झापाको दमकको बसपार्कमा बिहिबारदेखि यात्रु साहयता कक्ष सञ्चालनमा ल्याईएको छ । चाडपर्वको समयलाइ लक्षित गरेर ल्याइएको बताइन्छ । बसपार्कको नयाँ टर्मिनल भवनमा यात्रु साहयता कक्षको उद्घाटन गरिएको हो ।

यहाँ यात्रुहरुले ठगिएको अवस्थामा आएर गुनासो गर्न सक्ने बताइन्छ । बिभिन्न प्रहरी तथा ट्र्राफिक कार्यलयहरुमो नम्बर समेत राखिएको छ । यात्रुहरुमाथि हुने दूब्र्यवहार र ठगि रोक्न स्थानीय दमक नगर यातायात ब्यवस्थापन समितिले यात्रु साहयता कक्ष सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।