सवाल नेपाल बिशेष ब्यूरो

दमक/बिद्यालयमा अध्ययनरत प्रावि तहमा पढ्ने छात्राहरुलाइ दूब्र्यवहार गरेको आरोपममा झापा दमकको एक नीजि बिद्यालयका प्रीन्सिपल निष्काशित भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्री एकता एकेडेमीले बिद्यार्थीहरुलाइ दूब्र्यवहार गरेको भन्ने सुन्नसाथ आपतकालीन बैठक बसेर बिद्यालयका प्रीन्सिपल साजी बाबुलाइ निष्काशन गरेको बताईएको छ ।

अभिभावकहरु घटनाको बिषयमा बुझ्न बिद्यालय गएको र घटना अवगत गराएपछि तत्काल कार्वाही गरिएको बिद्यालय ब्यवस्थापन समिति श्रोतले जनाएको छ ।

३ दिनअघि देखि साजी बाबु सम्पर्क बिहिन बनेको जनाइन्छ । भारतीय नागरिक साजी बाबु लामो समयदेखि दमकमा शिक्षकको रुपमा रहदै आएकाछन् ।

अभिभावकले अहिलेसम्म प्रहरीमा भने उजुरी नगरेको बताइन्छ । साना बालबालिकाहरुको मष्तिष्कमा नकारत्मक असर पर्न सक्ने भन्दै अभिभावक उजुरी गर्न डराएकाछन् ।

एक अभिभावकले भनिन, बारम्बार रुपमा प्रहरी थानामा बोलाउने र अदालतमा जानु पर्ने भन्छन्, यस्तो भयो भने त छोरीलाइ समस्या होला ।

(अभिभावक र बिद्यार्थीहरुले दुब्र्यवहार बारे बोलेको अडियो हामीसंग सुरक्षित छ)