बिपिपि

दमक/झापाको दमकमा एक १४ बर्षिय बालकले ४ बर्षिया बालिकालाइ जबरजस्ति करणी गरेको अभियोग लागेको छ । बालक अहिले प्रहरी नियण्त्रणमा रहेको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी श्रोतका अनुसार युट्युवमा सेक्स फिल्म हेरेपछि त्यस्तै गर्न मन लागेर गरेको बालकले बयान दिएकाछन् । ४ बर्षिया बालिका ति बालकका छिमेकीहुन् ।

बालमस्तिश्कमा सामाजिक सञ्जालले पारेको असरको एउटा यो उदाहरण भएको भन्दै प्रहरीले समेत यस घटनालाइ अचम्म रुपमा लिएको छ ।

अनुसन्धानमा योजनाबद्ध तथा गलत नियत भन्दा पनि फिल्म हेरेर आवेग तथा उत्तेजनामा आएर यस्तो कार्य गरेको देखिएको प्रहरी भनाइ छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले यसको पुष्टि गरे । उनले बालबालिकाहरु कतातिर गएकाछन् भन्ने कुरा अभिभावकले सिक्नु पर्ने जनाए । बालकले केहि नठाँटी युट्युवमा देखेर यस्तो कार्य गरेको बताएको उनले जनाए ।