विष्णुप्रसाद पोखरेल दमक । झापाको धान सुपरजोन क्षेत्रका किसानहरुले नयाँ प्रविधिबाट धान रोप्दा मनग्यै फलेपछि उत्साहित भएकाछन् । परम्परागत रुपमा धान खेती गर्दै आएका किसानहरु सुख्खा र हिलोमा ड्रम सिडरबाट छरुवा धान रोपेका किसानहरु सोचेभन्दा धेरै धान फलेपछि उत्साहित भएकाहुन् । झापा पथरीयाका ८० बर्षिय किसान मछिन्द्रनाथ दाहालका अनुसार शुरुवातमा आफुले नपत्याएको भएपनि मजाले धानको गाँज आउन थालेपछि आफु त्यसपछि भने अचम्ममा परेको बताउनु भयो । यसभन्दा अगाडि रञ्जित र सर्ना जातको धान रोप्दै आउनु भएको उहाँले पहिलो पटक आफ्नो खेतमा हिलोमा ड्रम सिडरबाट प्राविधिको सल्लाहमा गरिमा जातको धान लगाउनु भएको थियो । मुश्किलले प्रतिकठ्ठा ३ देखि बढिमा ४ मन धान फल्ने गरेकोमा दुइदिन अघि काटेको धान प्रतिकठ्ठा ५ दशमलव ४ मन फलेको उहाँले बताउनु भयो । अर्को धानभन्दा झण्डै एक महिना अघि नै काटन पाएको र धान पनि धेरै फलेपछि उहाँ अहिले दंग हुनुहुन्छ । यसरी यो धान फन्छ भन्ने सोचेको थिइन तर राम्रो फल्यो, उहाँले भन्नुभयो । अब प्रविधिको प्रयोगबाट नै खेती गर्न थप जोश आएको उहाँको भनाइ छ । अर्का किसान हेमानन्द भट्टराइ पनि उत्साहित हुनु भएको छ । उहाँले सुख्खामा ड्रम सिडरबाट धान रोप्नु भएकोमा अहिले पहिले भन्दा बढि धान फलेको छ । आफुले नयाँ प्रविधिबाट धान रोप्दा यो पटक प्रतिकठ्ठा ५ दशमलव ५ टन धान फलेको उहाँले बताउनु भयो । धान सुपरजोनका प्राविधिकहरुको सल्लाहमा आफुले पनि गरिमा धान छरेको जनाउदै यसले आफुलाइ खेतीमा लाग्न थप प्रेरणा मिलेको उहाँले बताउनु भयो । सुख्खा खेतमा ड्रम सिडरबाट छरेपछि खासै गोडमेल नै नगरी पनि यत्रो धान फलेको छ, यसलाइ कम भन्न मिल्दैन, भट्टराइले भन्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान सुपरजोन बनियानीका बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिम्सिनाका अनुसार पहिलो पटक यस क्षेत्रमा नयाँ प्रविधिको प्रयोगबाट धान रोपिएको थियो । हिलो र सुख्खा खेतमा ड्रम सिडरबाट धान रोप्दा कस्तो होला भनेर प्रतिक्षामा रहेका किसानहरु अहिले राम्रो धान फलेपछि उत्साहित बनेको उहाँको भनाइ रहेको छ । प्रतिबिगाह कम्तिमा पनि १ सय मन धान फलेको र किसानहरुले १ सय २५ मनसम्म फलाएको पाएको उहाँले बताउनु भयो । बीउ राख्नका लागि पानी पनि पर्खनु नपर्ने र ब्याड नै नराखी छरुवा विधिबाट रोपिएको धान छिटो पाक्ने भएकाले किसानहरुले उक्त जमिनबाट थप लाभ लिन सकिने भएकाले यो बिधि प्रभावकारी हुने देखिएको छ । लागत रकम र जनशक्ति कम लाग्ने भएकाले अब किसानहरुको रोजाइ प्रविधिको प्रयोग हुन्छ भन्ने हामीले देखेका छौ, तिम्सिनाले भन्नुभयो । ड्रम सिडर मेसिनबाट खेत हिल्याएर रोपाइँ गरिन्छ । छरूवा विधिअन्तर्गत ड्रम सिडर मेसिनबाट रोपाइँ गर्दा प्रतिबिगाह लागत मुल्य ५ देखि ७ हजार पर्ने मात्र बताइन्छ । तिम्सिनाका अनुसार धान सुपरजोन क्षेत्रमा करिब ७ सय बिगाह जमिनमा किसानहरुले ब्यवसायीक रुपमा प्रविधिमा आधारित रहेर खेती गरेकाछन् ।
झापामा यसरी धान रोपेपछि फल्यो मनग्यै
सवाल नेपालसंवाददातासोमबार, १४ असोज २०७५

झापामा यसरी धान रोपेपछि फल्यो मनग्यै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



