दमक/दमकका पसलहरुमा उपभोग्य मिति समाप्त भएका सामाग्रि भेटियो, अब फोहोर बोक्ने ट्रकमा हालेर फ्याकिदिने दमक नगर बजार अनुगमन समितिले दमकको नयाँ बसपार्क लगायतका क्षेत्रमा गरेको अनुगमनमा दैनिक उपभोग्य मिति समाप्त भएका, लेबल टाँस नभएका खाद्य सामाग्रिहरु फेला परेको छ ।

यस्ता सामानहरुको समितिले आँशिक रुपमा नष्ट गरेपनि पुर्ण रुपमा भने पुन अनुगमन गरेर नष्ट गरिने जनाइएको छ । उपभोग्य मिति समाप्त भएका पेयपदार्थ, खाद्य सामाग्रिहरु पसलहरुमा फेला परेको अनुगमन समिति संयोजक भीम पौड्यालले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार पहिलो चोटी अनुगमन भएको बताउदै अब समितिसंगसंगै नगरपालिकाको अर्को गाडि पनि हिडाएर उपभोग्य मिति समाप्त भएका, कुनै लेबल टाँस नभएका खाद्य तथा उपभोग्य सामाग्रिहरु जफत गरेर नष्ट गर्ने पौड्यालले बताए ।

होटलहरुले बाहिर झिँगा भन्काएर खानेकुरा राखेको पाईएकाले यस्तो खानेकुरा समेत जफत गरिने जनाउदै उनले सचेत हुनका लागि ब्यवसायी तथा उपभोक्तासंग आग्रह पनि गरेकाछन् ।