दमक/झापा दमकका गणेशप्रसाद अधिकारीले ३२ बर्षे लामो सरकारी जीबनबाट अवकाश पाएकाछन् । इलाका प्रशासन कार्यालय दमकमा समेत प्रमुख भएर एक कार्यकाल बिताएका उनि पछिल्लो समयमा सुनसरीको झुम्का कारागारको प्रमुखको रुपमा रहेका थिए ।
अधिकारीले दमकका सरकारी कार्यालयहरुलाइ एकीकृत गरेर सडक डिभिजन कार्यालयमा लैजानु पर्ने प्रस्तावले चर्चामा आएका थिए । उनले दमकमा मिनि सिंहदरबारको धारणा ल्याउदा यसलाइ धेरैले मन पनि पराएका थिए ।











