बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा चोरीका घटनाहरु बढिरहेको र कडा सुरक्षा बनाईएको बताइरहदा दमक ३ मा केहि दिनअघि डाका लागेको रहस्य खुलेको छ । डकैतमा संलग्नहरु भाग्न सक्ने भन्दै प्रहरीले घटनाबारे बाहिर नल्याउन भनेपछि यो घटना गुपचुप नै बनेको छ ।
गत ७ गते बेलुका ८ बजेतिरको समयमा नरेन्द्र पौड्यालको घरमा डाँका लागेको बताईएको छ । पौड्यालको घाँटीमा कुखुरी राखेर ढेढ लाख रुपिया नगद र ३ तोला सुन लुटेको वडाध्यष्ँ नबिन बरालले बताए ।
प्रहरीले घटनामा संलग्न २ जनालाइ पक्राउ गरेको प्रहरी श्रोतले बताएको छ । घटनामा ५ जनाको संलग्नता रहेको बताइन्छ । चाडपर्व आएको समयमा असुरक्षा भएको भन्दै स्थानीय त्रसित भएकाछन् ।
बेलुका ८ बजेतिर भएको घटनालाइ स्थानीयले रहस्यमय समेत भनेकाछन् । चिनजान र बुझेको मान्छेको समुह आएर नै डकैत भएको हुनसक्ने बताइदै आएको छ ।पक्राउ परेकामध्ये एकजना स्थानीय छिमेकी नै रहेको पनि बताइन्छ । डकैतपछि स्थानीयहरुले शान्ति सुरक्षाका लागि नियमित गस्तिको बिषयमा समेत छलफल गरिहेको बताइन्छ ।










