दमक/छात्राहरुलाइ अभद्र ब्यवहार गरेको आरोप लागेका साजि बाबुले आफुलाइ नियोजित रुपमा फसाउन खोजिएको बताएकाछन् । उनले आफुलाइ नभएको आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको उल्लेख गरेकाछन् ।
उनले आफुले नाँस्ता खाना पैसा नभएको भन्नेहरुले कहिलेकाहि नास्ता खानका लागि पैसा दिएको जनाउदै आफुले दूब्र्यवहार तथा अभद्र ब्यवहार नगरेको सवालनेपालसंग बताएकाहुन् ।
आफुले दमकमा २०४३ सालदेखि काम गरेको र अहिले बदनाम गर्न खोजिएको भनेर समचारको बिषयमा टिप्पणी गर्दै उनले असन्तुष्टि समेत पोखेकाछन् । उनले दूब्र्यवहार भएको भए दूब्र्यवहार भयो भन्ने बिद्यार्थीको नाम उल्लेख गर्न भनेकाछन् ।
यसैबीच अनेरास्वबियू क्रान्तिकारी र अनेरास्वबियुले साजी बाबुलाइ तत्काल कानूनी कार्वाहीमा ल्याउनु पर्ने माग गरेकाछन् । उनिहरुले सरोकारवाला निकायहरुमा ध्यानकर्षण गराउदै यस्तो माग गरेकाहुन् ।










