काठमाडौं । नेपाल प्रहरीमा ७ हजारभन्दा बढी पदका लागि आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार प्रहरी निरीक्षक ९इन्स्पेक्टर०तर्फ १ सय ८ र सहायक निरीक्षक ९असई० तर्फ ५ सय २४ पदका लागि आवेदन खुलेको छ ।

त्यस्तै, प्रहरी जवानतर्फ ६ हजार २ सय ४४, भान्सेका लागि ३ सय २०, हजामका लागि १५, सिलाइबुनाइ १२, कुचिकार १४, मोची ९, खेलाडी ३० जनाका लागि आवेदन मागिएको छ । सबै पदका लागि आवेदन फारम बुझाउने अन्तिम मिति असोज १८ गतेदेखि कात्तिक २९ गतेसम्म तोकिएको छ । इन्स्पेक्टर र असई पदका लागि काठमाडौंको रानीपोखरी, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, दाङ, सुर्खेत र दिपायलमा रहेका प्रहरी कार्यालयहरुमा फारम बुझाउनुपर्ने सूचना उल्लेख गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, प्रहरी जवानका लागि महानगरीय परिसर, काठमाडौं, ललिपुर र भक्तपुरका साथै प्रहरी तालिम केन्द्रहरुमा बुझाउन सकिने बताइएको छ ।