दमक /दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाले अब बिकास निर्माणका कामहरुमा गुणस्तरीयता कायम गर्नु पर्नेमा जोड दिएकाछन् । उनले यसका लागि नागरिक समेत सचेत हुनु पर्ने बताए ।
दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालको बिशेष सक्रियतामा वडा कार्यालयले वाडमा हुने बिकास निर्माण लगायतका योजनाको बिषयमा गरेको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि रहेका उनले कालोपत्रे पनि अब दिगो खालको हुनु पर्नेमा जोड दिए ।
तिम्सिनाले हरेक बिकासका योजनामा नागरिक सहभागिता अनिवार्य हुनु पर्ने भन्दै त्यसका लागि अग्रसर हुन आग्रह गरे । उनले भने, लिपिष्टिक लाए जस्तो गरेर गरिएको कालोपत्रेको कुनै अर्थ हुदैन र यसमा अब सचेत बन्नुपर्छ ।
वडाध्यक्ष पौड्यालले वडामा हुने विकास योजना तथा नगरपालिकाका योजनाहरुको बिषयमा वडाबासीहरुलाइ जानकारी गराएका थिए । उनले बिकास निर्माणका काममा कुनै पनि हेल्चेक्राइ नहुने प्रतिबद्धता जनाए ।
भुमि ब्यवस्थापन आयोग दमकका अध्यक्ष अम्बिका खनालले अब वडा कार्यालयहरु बिगतको जस्तो नभएको भन्दै वडा सरकारको रुपमा अधिकार रहेकाले यसै अनुसार कार्य गर्नु पर्नेमा जोड दिए ।
डाध्यक्षहरु इन्द्र गुरुग, टेकबहादुर थापा, नगरपालिकाका शवइन्जिनियर अनन्त सेनाहाग लागयतले बोलेका थिए । नगरपालिकाका शाखा प्रमुखहरुको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन नगर सदस्य श्याम कार्कीले गरेका थिए ।











