दमक/दमक बजार अनुगमन समितिले बजार अनुगमनलाइ तिब्रता दिएको छ । यसै सन्दर्भमा दमक मुख्य चोकमा रहेको फुटान खाट नजिक रहेको निटल शाहको शाह मिष्ठान्न भण्डार तथा होटल फोहोर भेटिएको अनुगमन समितिका संयोजक भीम पौड्यालले बताए ।
मिठाइमा कमिला मरिरहेको भेटिएपछि नष्ट गर्न निर्देशन दिईएको उनले जनाए । यसैगरी कुइएको खोर्सानी सुकाइरहेको अवस्थामा अनुगमन समितिले जफत समेत गरेको छ । भान्सा फोहोर भएको र जुठाभाडा बाँझ्ने ठाँउ र पकाउने ठाँउ एकै ठाँउमा रहेकाले सुधार गर्न भनिएको पौड्यालले जनाए ।










