काठमाडौँ । आइसीसी विश्व टी–२० क्रिकेट एसिया छनोट समूह बी अन्र्तगत दोस्रो खेलमा नेपाल मलेसियासँग ८ विकेटले विजयी भएको छ।

घरेलु टोली मलेसियाले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले १२ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । क्वालिफायरमा नेपालका लागि कप्तान पारस खड्काले नटआउट ५२ रन बनाए। उनले ३६ बलमा ५२ रन बनाएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै ज्ञानेन्द्र मल्लले १४ बलमा (रनआउट) २७ रन बनाए। उनले १३ औँ आभरको चौँथो बलमा छक्का प्रहार गर्दै नेपाललाई विजय बनाएका हुन्।

त्यस्तै ओपनर अनिल शाहले १ रन र अर्का ओपनर विनोद भण्डारीले १२ रन जोडे । मलेसियाका सायद अजिज र पभवदिप सिंहले १(१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मलेसियालाई सस्तैमा समेट्न नेपालका स्टार स्पीनर सन्दीप लामिछोले ५ विकेट लिए। उनले ४ ओभरमा २० रन दिएर ५ विकेट लिएका हुन्। यस्तै सोमपाल कामीले पनि ३ विकेट लिए । उनले ३।३ ओभर १६ रन दिएर ३ विकेट लिएका हुन् । यस्तै कप्तान पारस खड्काले पनि एक विकेट लिए। एक विकेट भने रनआउटका रुपमा नेपाले प्राप्त गरेको थियो।