बिष्णुप्रसाद पोखरेल दमक (नाम्चीबाट फर्केर) /झापाको दमकमा धार्मिक पर्यटनको सम्भावानाको बिषयमा अध्ययन शुरु भएको छ । भारत सिक्किमको नाम्चीमा रहेको चारधामको धार्मिक पर्यटनको बिषयमा अध्ययन अवलोकन गर्दै नगर प्रमुख रोमनाथ ओलीले यस्तो बताएकाहुन् ।
ओलीका अनुसार त्यहाँ बहुआयमिक तथा बहुउपयोगी रुपमा चारधाम बनाइएको पाईएको जनाउदै यहाँ पनि यसलाइ मुर्त रुप दिन सके धार्मिक पर्यटनको बिकास सम्भब रहेको जनाए ।
उनले पानी ट्याँकी, सभाहल बनाउनका लागि अग्लो शिवको मुर्ति बनाईएको पाइएको जनाउदै अब योजना ल्याउन बहुउपयोगी रुपमा ल्याउन सकिने देखिएको बताएछन् । अब हामीले योजना बनाउदा पनि बहुआयमिक सोच्नेछौ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाले सिक्किमको नाम्ची तथा चारधामको पर्यटकीय बिकास हाम्रा लागि नमुना र ग्रहण गर्न योग्य देखिएको बताए । उनले धार्मिक पर्यटनको सम्भावानाको खोजी दमकमा पनि शुरु भएको जनाए ।
नाम्ची पुगेका प्राध्यापक तथा नगरको कर्मचारी पदपुर्ती समितिका अध्यक्ष हेम अधिकारी, सुकुम्बासी ब्यवस्थापन आयोगका अध्यक्ष अम्बिका खनाल, नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बराल र प्रशासन शाखाका मोहन ओली सहितले यहाँको धार्मिक पर्यटनबाट आफुहरु प्रभावित भएको जनाए ।
केही वर्ष अघिसम्म बाहिरी दुनिँयाले नामै नसुनेको नाम्ची ‘चारधाम’को स्थापनाले अहिले सिक्किमकै मुख्य पर्यटकिय आकर्षक केन्द्र बनेको छ।जगन्नाथ, रामेश्वरम, द्वारका, बद्रिनाथ लगायत चारधामको प्रतिकात्मक मन्दिरहरू लगायत किरात धर्मावलम्बीहरूको मन्दिर सहितको विशाल क्षेत्रफलमा फैलिएको ‘चारधाम’ घुम्न कम्तिमा पनि २ घन्टा लाग्छ ।











