प्रदीप कुमार /बीबीसी

दिल्ली उच्च न्यायालयका न्यायाधिसले सोहेब इलियासीलाई उनकी श्रीमती अन्जु इलियासीको हत्या आरोपबाट दोषमुक्त गरेका छन् । सोेहेब इलियासीविरुद्ध कुनै प्रमाण नभेटिएपछि उनलाई दोषमुक्त गरिएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अदालतको निर्णयपछि सोहेब अञ्जुकी छोरी आलिया इलियासीले बीबीसीसँगको कुराकानीमा आफू निकै खुसी भएको बताइन् । उनले भनिन्, ‘मेरो बुवा र मेरो परिवारले निकै लामो संघर्ष गर्नुपर्यो । उहाँले धेरैकुरा सहनुपर्यो । जीवनको १८ वर्ष भनेको सानो कुरा होइन । उहाँले न्याय त पाउनुभयो तर यति लामो समय लाग्यो । यति हुँदाहुँदै पनि म निकै खुसी छु ।’

५२ वर्षका सोहेब इलियासीलाई गत वर्ष डिसेम्बरमा श्रीमतीको हत्या आरोपमा जन्म कैदको सजायँ सुनाइएको थियो त्यसपछि उनले दिल्ली हाईकोर्चमा सजाय विरुद्ध अपिल गरेका थिए ।

सोहेब इलियासीकी श्रीमती अञ्जु इलियासीको संदिग्ध अवस्थामा सन् २००० मा मृत्यु भएको थियो । सोहेबका अनुसार उनकी श्रीमतीले आत्महत्या गरेकी थिइन् जबकी अञ्जुकी बहिनी र आमाले सोहेबले दाइजोका कारण अञ्जुको हत्या गरेका हुन् ।

कसरी भएको थियो अञ्जुको मृत्युः

सन् २००० जनवरी १० तारिख बिहानको समय । करिब सवा ११ बजे सोहेब इलियासीले आफ्ना सुरक्षाका लागि खटेका दुई पुलिसकर्मीलाई एम्बुलेन्स बोलाउन अह्राए ।

अञ्जुको पेटमा चोटको निशान थियो । सुरुमा उनलाई एक अस्पतालमा पुर्याइयो र पछि दिल्लीको एम्समा । जनवरी ११ मा जब उनलाई दिल्लीको एम्समा पुर्याइयो तब डाक्टरले उनलाई मृत घोषित गरे । अत्यधिक रक्तश्रावका कारण अञ्जुको मृत्यु भएको बताइयो ।

अञ्जुको मृत्यु हुँदा उनको ३० औं जन्मदिन ६ दिन टाढा थियो । अञ्जुले आफूलाई पेटमा थुप्रै पटक चक्कुले हमला गरेको प्रारम्भिक अनुसन्धानमा बताइयो । सोहेबले त्यतिबेला उनकी श्रीमतीसँग उनको केही कुरामा झगडा भएको र पछि उनी छोरीसँग अर्को कोठामा बसिरहेका बेला अञ्जुले आफूलाई हमला गरेको बताए ।

सन् २००० को जनवरी १७ तारिखमा पुलिसले उक्त घटनालाई आत्महत्याको रुपमा रिपोर्ट दर्ता गरायो । दुई पोस्टमार्टम रिपोर्टले पनि अञ्जुको मृत्यु संदिग्ध नभएको बतायो ।

त्यतिबेला सोहेब इलियासीको चर्चा कुनै सुपरस्टारभन्दा कम थिएन । उनी भारतीय टिभीका साबैभन्दा लोकप्रिय अनुहार थिए । सोहेब इलियासी भारतीय टिभी च्यानलमा क्राइम शोका जनकको रुपमा स्थापित भइसकेका थिए ।

उनको क्राइम टिभी शो इन्डियाज मोस्ट वान्टेड जिटिवीमा प्रसारित हुन्थ्यो र दुई वर्षभित्र सोहेबको पहुँच घरघरसम्म पुगिसकेको थियो ।

त्यसकारण मानिसहरुले यो विश्वास गर्न सकिरहेका थिएनन् कि अहिलेसम्म अपराधीलाई समात्न सहयोग गर्ने सोहेबमाथि एक दिन हत्या मुद्दा चल्नेछ ।

आलिया इलियासी भन्छिन्, ‘जब मेरी आमाको मृत्यु भएको थियो तब म सवा दुई वर्षकी थिएँ, त्यतिबेला मलाई के भएको थियो थाहा थिएन । तर पछि मैले सधैं सुन्दै आएँ कि मेरा आमा बुवा एकअर्कालाई निकै माया गर्नुहुन्थ्यो । उहाँहरुको बन्डिङ निकै बलियो थियो ।’

तर अञ्जुकी बहिनी रश्मी सिंह र आमा रुकमा सिंहको बयानको आधारमा सन् २००० मा नै सोहेब इलियासीमाथि दाइजोका कारण हत्या गरेको र प्रमाण नष्ट गरेको आरोप दर्ता भयो । यी दुईका अनुसार सोहेब र अञ्जको वैवाहिक जीवनमा आपसी झगडा अत्यधिक हुने गर्दथ्यो । यी दुईले अदालतमा अञ्जुमाथि भएका ज्यादतीका केही प्रसंग पनि राखे ।

सन् २००० मार्च २८ तारिखमा सोहेबलाई पहिलो पटक पक्राउ गरियो । त्यसपछि टिभीका सुपरस्टार सोहेब अदालत र मुद्दामा फस्दै गए । लामो कानूनी प्रक्रियाको क्रममा सन् २०१० मा सोहेबमाथि हत्याको मुद्दा पनि दर्ता भयो र सन् २०१७ डिसेम्बर २० मा दिल्लीको एक अदालतले उनलाई जन्मकैदको सजायँ पनि सुनायो ।

तर अब सोहेबलाई यो मुद्दामा प्रमाणको अभाव भएको भन्दै दोषमुक्त गरियो । उनकी छोरी आलिया भन्छिन्, ‘यो पूरा मामलामा मेरा हजुरबुवा र हजुरआमा बुवाको साथमा नै थिए र म आफ्ना फूपूहरुसँग पनि सम्पर्कमा छु । अब मेरो बुवाले आफ्नो जीवनमा नयाँ सुरुवात गर्न पाउनेछन्, म यसको आशा गर्छु ।’

प्रेम र विवाहः

सोहेब र अञ्जुको कहानी, यो टिभी शोभन्दा पनि पुरानो थियो । दुबैको पहिलो भेट सन् १९८९ मा जामिया मिल्लिया इस्लामिया युनिभर्सिटीको एजेके मास कम्यूनिकेशन रिसर्च सेन्टरमा भएको थियो । पहिलो नजरको भेट सुरुमा दोस्ती र पछि प्रेममा परिवर्तन भयो । सन् १९९१ मा शोएब लण्डनको टिभी एशियामा काम गर्न पनि गए ।

दुबै भिन्न समूदायमा थिए त्यसकारण आमा–बुवा विवाहको लागि तयार नभएपछि दुबैले सन् १९९३ मा लण्डनमा विवाह गरे । अञ्जु विवाह पनि आफ्शां बनिन् । अञ्जुका भाइ त्यतिबेला इंग्ल्याण्डमा नै बस्दथे ।

लण्डन प्रवासको क्रममा नै दुबै श्रीमान् श्रीमती बेलायती टिभी शो क्राइमस्टपर्सबाट निकै प्रभावित भए । सन् १९९४ मा सोहेब–अञ्जु भारत फर्किए र त्यसपछि सोहेबले क्राइम शो बनाउन सुरु गरे ।

यद्यपी, उनको यो सोचलाई सुरुवाती अवस्थामा राम्रो प्रतिक्रिया आएन तर सोहेब लगातार यसमा काम गरिरहे फलस्वरुपः सन् १९९८ मा सोहेब इलियासीको इन्डियाज मोस्ट वान्टेड नामको क्राइम शो प्रशारण हुन थाल्यो ।

यो शो प्रशारण भएलगत्तै यसले टिआरपीको सबै रेकर्ड तोडेको थियो ।

टिभीका सुपरस्टार थिए शोएबः

भारतीय लवज, स्पष्ट उच्चारण र फोटोजेनिक अनुहारका कारण सोहेबको जालु अत्यधिक च्ल्यो । उनले जब इन्डियाज मोस्ट वान्टेडको पायलट शो बनाउँदा त्यसमा एंकर अञ्जु नै थिइन् तर सम्भवतः त्यतिबेला अपराधको कार्यक्रममा महिला एंकरलाई प्रयोग गर्नका लागि सोहेबले साहस जुटाउन सकेनन् वा उनको आफ्नो महत्वाकांक्षा धेरै रह्यो ।

जब जी समूहमा उनको करार बढेन तब उनी आफ्नो नयाँ कार्यक्रमसहित दुरदर्शनमा देखिन थाले । उनको कार्यक्रम आएपछि पुलिसले कम्तीमा ३० अपराधीलाई समातेको थियो ।

तर अञ्जुको मृत्यु र त्यसपछिको कानूनी लडाईंका कारण उनी यसरी चिप्लिए कि त्यो सफलतासम्म पुग्न सकेनन् । यद्यपी, उनले ब्यूरोक्रेसी टुडेजस्ता पत्रिका र छोरीको नाममा प्रोडक्शन हाउस चलाउने काम जारी राखे । केही फिल्मका प्रोडक्शनको काम पनि गरे तर त्यो उचाईसम्म पुग्न सकेनन् जहाँ अञ्जुको साथमा पुगेका थिए ।