दमक/केहि दिन अघि सामाजिक सञ्जाल फेसबुकमा कसैले नेकपा झापाको अध्यक्ष भन्दै दीपक कार्कीलाइ बधाइ दिए । फेरी एकैछिनमा चिन्तन पाठकलाइ अध्यक्षको रुपमा सामाजिक सञ्जालमा बधाइ आयो ।

यसरी दुइथरी बिषय आएपछि अन्योल सिर्जना भयो । पार्टी श्रोतले जिल्ला नेतृत्व चयन भइनसकेको बताएपछि अन्योल हट्यो । तर अहिले पनि भित्रि रुपमा अध्यक्ष चयन भइसकेको भन्दै कतिपय नेताहरुले भन्न थालेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्की र पाठकमध्येबाट नै एकजना अध्यक्ष चुनिने बताइन्छ । यो दशै अगावै चुनिने भनिएपनि यस बिषयमा खासै केन्द्रिय नेतृत्वबाट केहि कुरा नआएको बताइन्छ । दुबै जना अध्यक्षको दौडमा रहेकाछन् ।