दमक/प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा युवा संघ झापाले बेग्लाबेग्लै दशै तथा तिहारको शुभकामना आदानप्रदान भन्दै पीकनिकको आयोजना गरेको छ । यसलाइ सामाजिक सञ्जालमा युवा संघ दुइ पक्षमा बिभाजित भएको रुपमा हेरिएको छ ।
निवर्तमान अध्यक्ष तीलोचन सापाकोटा सहितले एकसाता अघि दशैको शुभकामना भन्दै इलाममा गए शुभकामना आदानप्रदान गरेपछि फेरी शम्भु भण्डारीले झापाको शहिद पार्कमा यस्तै कार्यक्रम गरेकाछन् । युवा संघ भित्रको गुटबन्दि सतहमा आएपछि यसले नेताहरुलाइ समेत अप्ठेरो परेको बताइन्छ ।
दुइवटा पक्षले एकअर्काबीच फाटो ल्याएको र फुटेको संकेत गरेको जनाइन्छ । कतिपयले चिन्तन पाठक र दीपक कार्कीको गुट देखिएको भन्दै आलोचना पनि गर्न थालेकाछन् । कार्की र पाठक जिल्लामा अध्यक्षका प्रमुख दाबेदार हुन । दुबैजना आफु अध्यक्ष बन्ने दौडमा रहेकाछन् ।
संघका जिल्ला अध्यक्ष भण्डारीले पार्टी नेतृत्वका कारण यो समस्या आएको बताएकाछन् । गुटगत रुपमा कार्यक्रम नभएको जनाउदै यो अनौपचारिक भेटघाट भएको अध्यक्ष भण्डारीले बताएकाछन् । चियापान गरेको स्वीकार गर्दै उनले यसलाइ फुटको रुपमा हेर्नु नहुने उनको तर्क रहेको छ ।









