रौतहट, २१ असोज – स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

राउतसहित ३ जनालाई आइतबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक(एसपी) केदार ढकालले बताए । राउतलार्इ राज्य विरूद्घको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।