दमक/प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउने भएकाछन । नेकपाका अध्यक्ष समेत रहेका उनि प्रत्येक बर्ष गरिदै आएको शुभकामना आदानप्रदान कार्यक्रममा झापा आउन लागेकाहुन् ।
नेकपाका नेता देबेन्द्र दाहालका अनुसार ओली कार्तिक १ गते नवमीका दिन बिर्तामोडको अग्रेसन भवनमा हुने शुभकामना आदाप्रदान कार्यक्रममा सहभागि हुन झापा आउने निश्चित बनेको हो ।
नेकपा जिल्ला कमिटी झापाले कार्यक्रमको संयोजन गर्दैछ । कार्यक्रम अग्रसेन भवनमा हुने र यसको तयारी शुरु भइसकेको समेत जनाईएको छ ।










