बिष्णुप्रसाद पोखरेल दमक/ दमकमा मदिरा किनबेच तथा प्रयोगमा नयाँ नियम लागु हुन लागेको रहस्य खुलासा भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यस्तो खुलासा गरेकाहुन् । यसले दमकमा मदिराजन्य बिक्रीमा कडाइको संकेत शुरु भएको छ ।

सोमबार दमक नगरलाइ खुला दिशामुक्त घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख ओलीले मदिराको प्रयोगलाइ नियण्त्रण र ब्यवस्थित गर्न लागिएको जानकारी दिए । उनले मदिरा किनबेचमा उमेरको हदबन्दिको बिषयमा समेत नगरले कानुन ल्याउन लागिएको उल्लेख गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१८ बर्षभन्दा कम उमेरका ब्याक्तिहरुले अब दमकमा मदिरा किन्न तथा सेवन गर्न पाउने छैनन् । खानपीनमा नगरबासीहरुले धेरै ख्याल गर्नु पर्ने देखिएको जनाउदै ओलीले भने, मदिरा सेवन तथा किनबेचमा कम उमेरका बालबालिकाहरुको प्रयोगलाइ रोकिने छ ।

अहिले जुनसुकै उमेर समुहका ब्याक्तिहरुले सहजै मदिरा किन्न तथा पीउन पाइरहेकाछन् । होटल तथा यसको बिक्रेताहरुले खुलमखुल्ला रुपमा बिक्री गरेको अवस्थामा नगरले नयाँ कानून ल्याएर कार्यन्वयन गरेको अवस्थामा यस्तो कार्य बन्द हुने छ ।

यसैबीच दमक खुला दिशामुक्त नगर घोषित भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख एवं सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका संयोजक सोम पोर्तेलले दमक खुला दिशामुक्त भएको घोषणा गरेकाहुन् ।

नगर उपप्रमुख गीता अधिकारीले सार्वजनिक गरेको प्रतिबेदन अनुसार २०७५ सालमा मात्र ४ सय ९४ घर परिवारलाइ ५ हजारका दरले शौचालय निर्माणका लागि आवश्यक सामाग्रि प्रदान गरेपछि अहिलेको अवस्था आएको हो । यसका लागि झण्डै २५ लाख रुपिया नगरपालिकाले खर्चेको छ ।

दमक नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत गणेशप्रसाद तिम्सिनाले यसमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका थिए । उनले सरसफाइको क्षेत्रमा यो एउटा फड्को भएको जनाएका थिए ।