दमक/झापाको दमकमा आउदो मंसिर ४ गतेदेखि ८ गतेसम्म बृहत बालमहोत्सव हुने भएको छ । बाल महोत्सव मुल आयोजक समिति संयोजक गीता अधिकारीको अध्यक्षतामा बुधबार बिहान दमक नगरपालिकामा बसेको बैठकले बिभिन्न उपसमितिहरु निर्माणको कामलाइ तिब्रता दिन शुरु गरिएको छ ।
सरस्वती माबिको मैदानमा हुने महोत्सवलाइ भब्य बनाउनका लागि सरोकारवालाहरुसंग छलफल गर्ने र उपसमितिहरु गठन गरेर चलयमान बनाउने निर्णय भएको दमक नगरपालिका उपप्रमुख एवं महोत्सव मुल समिति संयोजक गीता अधिकारीले बताइन् । प्रदेश नं. १ लाइ समेटने र देशभरका बालबालिकाहरु महोत्सवमा सहभागि हुने अधिकारीले बताइन् ।
करिब १ लाख दर्शक अवलोकनकर्ता महोत्सवमा ल्याउने लक्ष्य लिएर तयारी शुरु गरिएको महोत्सव मुल समितिका सदस्य सचिब डम्बरराज बरालले बताएकाछन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित बालकलाकारहरुदेखि लिएर प्रतिभाहरुलाइ महोत्सवमा सहभागि गराइने छ ।
महोत्सवलाइ बृहत बनाउनका लागि एकदर्जनभन्दा बढि उपसमितिहरु निर्माण भएको र यसलाइ पुर्णता दिएर दशै लगत्तैदेखि तिब्र रुपमा समितिहरु सक्रिय हुने बताइन्छ । महोत्सवको प्रारम्भिक तयारीलाइ भने नगरपालिकाले तिब्र बनाउदै लगेको छ ।










