दमक/दमक उद्योग बाणिज्य संघ र दमक नगरपालिकाले दमकको मुख्य चोक बजार क्षेत्रमा बत्तीको ब्यवस्था गर्न शुरु गरेको छ । प्रत्येक बिद्यूत पोलहरुमा आकर्षक बत्ती लगाउन शुरु गरेपछि दमकका सडकहरु रातको समयमा पनि उज्यालो बन्न थालेकाछन् । दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार करिब १ सय ५० वटा बत्ती लगाउने योजना रहेको छ ।
यसले दमकमा रात्रीकालिन ब्यवसायमा समेत सहयोग पुग्ने र चोरी लगायतका घटनाहरु समेत कमी हुने अपेक्षा रहेको ढकालले जनाए । उनले बुधबारदेखि काम शुरु भएको जनाएकाछन् । दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाका अनुसार नगरभित्रका सडकहरु रात्रीकालिन समयमा समेत उज्यालो बन्दा शहरको पहिचान नै बृद्धि हुने बताए ।










