बिष्णुप्रसाद पोखरेल दमक/दमक झापाको दमकस्थित क्याम्पसमोड–आम्दा–पाङमिनी सडक स्तरउन्नती हुने भएपछि अब आम्दा उपचारका लागि जाने बिरामीहरुका लागि धेरै राहत हुने विश्वास लिईएको छ ।

सडक स्तरउन्नतीको शिलन्यास भएसंगै अब आम्दामा उपचारका लागि जाने बिरामीहरुले धेरै राहत पाउने जनाइन्छ । बाटो भत्केर बिरामी थप बिरामी भएर अस्पताल पुग्नु पर्ने अवस्था रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साँसद अर्जुन राइ र दमक नगरपालिका प्रमुख उपभोक्ताको नगद ३ करोड लागत सहभागिता सहित दमक नगरपालिकाले २३ करोड ३३ लाख २६ हजार २ सय ६९ रुपियामा सडक स्तरउन्नतीको लागि ठेक्का लगाएको छ ।

२ हजार ३ सय मिटर लम्बाइ कालोपत्रे हुनेछ । ५० फिटको सडकमा ३७ फिट कालोपत्रे, दूइतिर ५ फिटको दरले ढल सहितको फुटपाथ र बीचमा डिभाइडर राख्ने गरी सडक बनाउने सम्झौता रहेको जनाइन्छ ।

कालिका कन्ट्रक्सन प्रा.लिले सडक स्तरउन्नतीको लागि ठेक्का पाएको हो । यसको प्रतिनिधिको रुपमा पशुपति बरालले यहाँ काम गर्ने जनाईएको छ । बढिमा २०७७ साल जेठ १८ गते सडक स्तरउन्नती भइसक्ने बताइन्छ ।