दमक/भ्रष्टाचार गरेको अभियोगमा झापा दमकको मालपोत कार्यालयबाट एक अधिकृत सहित तीन जना पक्राउ परेको बताईएको छ । जग्गा किर्ते गरेर पास गर्न मुख्य भुमिका खेलेको अभियोगमा तीन जनालाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विहिबार पक्राउ गरेपछि मालापोत कार्यालय दमकमा खौलाबैला मच्चिएको छ ।
मालपोत अधिकृत अग्नि घिमिरे,नायव सुब्बा द्धोय डिल्ली कोईराला र जयन्द्रराज खड्कालाइ अनुसन्धानलाइ लागि नियण्त्रणमा लिइएको अख्तियार श्रोतले बताएको छ ।
घटनाको बिषयमा बिस्तृत विवरण आउन भने बाँकी रहेको छ । जग्गा किर्ते पासमा संलग्न भएर लाखौ रुपिया लिएको आरोप उनिहरुलाइ लागेको श्रोतको भनाइ छ ।










