दमक/झापाको दमक नगरपालिकालाइ सुरक्षित बनाउनका लागि सिसि क्यामेरा जडान कार्यलाइ चाडो शुरुवात गर्न नगरपालिका र दमक उद्योग बाणिज्य संघले आवश्यक पहल शुरु गर्ने भएकाछन् ।
आज १ नम्बर प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री हिक्मत कार्कीको उपस्थितिमा छलफल भएको बाणिज्य संघका सदस्य राजु खड्काले बताएकाछन् ।
१ नम्बर प्रदेशका सुरक्षा निकायका उच्च अधिकारीहरु सहितको उपस्थितिमा छलफल भएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताए । चाडोभन्दा चाडो सिसि क्यामेरा जडानको बिषयमा छलफल भएको उनको भनाइ रहेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री मन्त्री कार्कीले यहाँको सुरक्षामा आफ्नो समेत चिन्ता रहेको जनाउदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।










