दमक/इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख ((हाकिम)को रुपमा दधिराम दाहाल आएकाछन् । उनले दमकको ट्राफिक ब्यवस्थापन र दुर्घटना न्यूनिकरणका लागि काम समेत शुरु गरेकाछन् ।
उनि यसभन्दा अगाडि पनि एकपटक दमक ट्राफिकमा आएर काम गरेका थिए । सइ दाहाल यसभन्दा अगाडि हेडक्वाटरमा रहेका थिए । दाहालले यस क्षेत्रलाइ दुर्घटना रहित बनाउनका लागि सबैसंग हातेमालो गरेर अघि बढ्ने बताए ।
चाडपर्व नजिक आएसंगै र यातायातको चाप बढेपछि यस क्षेत्रमा जाँच तिब्र बनाएको पाईएको छ । बिभिन्न ठाँउठाँउमा जाँचहरु हुन थालेको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राइ समेत रातको समयमा आएर जाँचलाइ कडाइ गर्न निर्देशन दिने गरेकाछन् ।











