बिष्णुप्रसाद पोखरेल

दमक/पछिल्लो समयमा औपचारिक कार्यक्रमहरु ल्यान्दि हुन थालेकाछन् । मञ्चमा धेरै अतिथिहरु बोलाउने, स्वागतको लागि खादा र ब्याचहरु लगाइदिने, भाषण गर्न लगाउने जस्ता कार्यहरुले सामान्य कार्यक्रम समेत घण्टौसम्म चल्न थालेपछि यसमा सुधारको प्रयासहरु शुरु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कहिल्यै नसड्ने र वातवरणमा प्रतिकुल प्रभाव पार्ने खादा एवं ब्याचको चलनप्रति बितृष्णा शुरु हुन थालेको छ । शुक्रबार एक सहकारीको कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले एउटा राम्रो कामको शुरुवात गरेर सबैको मन जिते ।

उनले बातबरण प्रतिकुल हुने खादा र ब्याच नलगाउने जनाए । प्रमुख अतिथिको रुपमा बोलाइएका उनले आयोजकलाइ आफु त्यो नलगाउने बताएपछि अलमलमा परे । पछि ढकालको प्रयासलाइ साथ दिदै आइन्दा यस प्रकारको खादा र ब्याच प्रयोग नगर्ने घोषणा नै भयो ।

दमकको नयाँ बाटो सहकारी संस्थाको साधरणसभाको कार्यक्रम रहेको थियो । आयोजकले कार्यक्रम शुरु भएको केहिबेरमा ढाकाको खादा र ढाका टोपीले अतिथिहरुलाइ सम्मान गरिएको थियो । दमक नगरपालिका र संघले प्लाष्टिकमुक्त दमक अभियानजस्तै नसड्ने प्रकृतीका खादा एवं ब्याच समेत निषेध गर्ने अभियान चलाएको छ ।

अतिथिले भरिभराउ मञ्च, घाँटी ढाकिने गरी माला र खादा, छातीमा ठुल्ठूला ब्याच, धेरै वक्ताको पट्यारलाग्दो भाषण । औपचारिक कार्यक्रममा देखिने दृश्यहरु यस्तै हुनेगर्छन । यसलाइ सुधार गर्नु पर्छ भन्ने लागेर आफुले अभियान थालेको ढकालले बताए ।