दमक/झापाको दमकबाट नजिकमा रहेको कमल गाँउपालिका को वडा नं. ६ मंगलवारे र लखनपुरबीचमा अहिले केहिबेर अघि सवारी दुर्घटना भएको छ । मे ७ प ४५७५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाइ ठक्कर दिएको स्थानीयले बताएकाछन् ।
मोटरसाइकल चालक गम्भिर घाइते र साइकल चालक सामान्य घाइते रहेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएकाछन् । घाइतेहरुको नाम भने खुलेको छैन ।
उनिहरुलाइ स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि दमक पठाएको जनाएकाछन् । घटनास्थल नजिकको घरमा मोटरसाइकल र साइकल राखिएको छ ।










