काठमाडौं -– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब पार्टीका नेता वामदेव गौतम चुनाव उठ्ने विषय समाप्त भएको बताएका छन् । ‘वामदेवजी नै लड्दिनँ भन्नुभयो, अब यो विषयको लफडा सकियो,’ शुक्रबार राजधानीको आलापोटमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘अब हामी मुलुकको विकासकै लागि सक्रिय हुने हो ।’

गौतमलाई सांसद बनाएर प्रतिनिधिसभामा लैजान मुख्य जोडबल गर्ने अध्यक्ष दाहाल पनि हुन् । चुनावका लागि सिट खाली गराउने लगायतमा भूमिका निर्वाह गरेका अध्यक्ष दाहालले सर्वत्र विरोधपछि गौतम आफैं पछि हटेकाले यो विषय अब सकिएको उल्लेख गरे । गत सोमबारको पार्टी सचिवालय बैठकमा दाहालले काठमाडाैं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतम उपचुनावका लागि त्यहाँबाट उठ्ने योजना अघि सारेका थिए । कानिपुर दैनिकमा खबर छापिएकाे छ ।