सिन्धुलीको सुनकोशी गाउँपालिका वीपी राजमार्ग अन्तर्गत बोहोराटारमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

काठमाडौंबाट उदयपुर गाइघाट जाँदै गरेको बा २ ख ५९३४ नम्बरको यात्रुबाहक बस तीव्र गतिका कारण सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी रामेश्वरप्रसाद यादवले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा घाइते भएकाहरुको उद्धार सकिसकेको र उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको एसपी यादवले जानकारी दिए ।