बिष्णुप्रसाद पोखरेल
दमक/एक्कासी प्रहरी कुकुर लिएर गस्तिमा निस्केपछि धेरैले अचम्म माने । सबैमा कौतुहलता जाग्यो कहाँ कस्तो अपराध भयो ? किन यसरी तालिम प्राप्त कुकुर लिएर प्रहरी घुमिरहेको छ ?
कारण खास त्यस्तो ठुलो थिएन । दशै एवं चाडपर्व लक्षित रहेर प्रहरीले सुरक्षा अनुभुत गराउनका लागि यो गरेको थियो । धरानबाट तालिम प्राप्त कुकुर ल्याएर दमकका सुरक्षा दृष्टिले संबेदनशिल मानिएका क्षेत्रहरुमा कुकुर सहित गस्ति भएको थियो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार सुरक्षा रणनीति अनुसार नै यो काम भएकाके हो । आर्थिक कारोबार बढि हुने तथा चहलपहल हुने ठाँउहरुमा कुकुरबाट गस्ति भएको हो ।
दमक र आसपासको क्षेत्रमा कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । सुरक्षामा आशंका गर्नु पर्ने अवस्था नरहेको सुब्बाले बताए । उनले दमक चोक तथा बजार क्षेत्रमा घटना भएको १ देखि २ मिनेटमा प्रहरी आइपुग्ने जनाए ।
प्रहरीको तालिमप्राप्त कुकुरहरुले मान्छेबाट हुने अपराध न्यूनिकरणमा सहयोग गरिरहेका छन् । यसर्थ कुकुरले देश र जनताको सेवा गरिरहेको छ ।
ईमान्दारिता र बफादारीतामा अडिग कुकुरल सुँघेर, हेरेर साथै ती कुराहरुलाई स्मरण गरेर अपराधस्थल र अपराधी पहिल्याउने गर्छन् । यसर्थ समाजको सुरक्षामा कुकुर पहरेदार बनिरहेका छन्, बन्न सक्छन् ।
लुकाएर राखिएका हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउने कुकुर पनि प्रहरीसंग छ । प्रहरीका अनुसार कुकुरको सुँघ्ने र अल्ट्रा साउण्ड पनि सुन्ने सक्ने क्षमता भएकोले नै सबै काममा प्रयोग गरिएको हो ।










