दमक/नेपाली काँग्रेसका प्रभावशाली नेता चक्र बास्तोलको निधन भएको समचार मध्यान्हमा एकाएक भाइरल बन्यो । अधिकाँश अनलाइनहरुले प्राथमिकताका साथ यसलाइ समचार बनाएका थिए ।

यसको औपचारिक पुष्टि भएको छैन तर अहिले पनि उनको निधन भएको समचारहरु आइरहेकाछन् । हामीले पनि उक्त समचार हालेपनि हटाएका छौ । हामी यसप्रंति क्षमा माग्दछौ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कान्तिपुर दैनिकको आधिकारीक अनलाइन इकान्तिपुरले पनि कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको "क्लिनिकल्ली डेथ" शिर्षकमा समचार बनाएको छ ।अस्पताले डिस्चार्ज गरेको तर परिवारले भने मृत्युको पुष्टि नभएको भनेर समचार लेखेको छ ।

बास्तोला निवास खुमलटारमा भिडभाड र शिर्ष नेताहरु भेला भए पनि यस बिषयमा कसैले पनि मुख खोलेका छैनन् । मृत्यु भएका वा नभएको भन्ने बिषय अन्योल बनेको छ ।

नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एउटा स्टाटसमा मृत्यु नभएको भनेर हालेकाछन् । उनले आफ्नो स्टाटसमा यस्तो लेखेकाछन्

कसैकोपनि मृत्यु हुनु पुर्व ब्रेकिङ न्युज लेख्न र समवेदना प्रकट गर्न हामीलाई किन हतारो हुन्छ ?

#कांग्रेस_नेता_चक्र_बांस्तोलाको_निधन_भइसकेको_छैन l

ब्रेकिङ न्युज अलि हतारोमा आउनु अत्यन्तै दु:खद छ !

उहाँको स्थिति निकै जटिल र अहिलेसम्मकै चिन्ताजनक अवस्थामा पुगेको छ तर धुकधुकी बांकि छ l उहाँकि जीवन साथी कुसुम वांस्तोला या निजि सचीव राधाकृष्ण काफ्लेलाई 9851002910 मा सम्पर्क गर्न सकिनेछ l