दमक/नेपाली काँग्रेसका नेता चक्र बास्तोलाको निधन भएको छ । यसको पुष्टि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गरेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यसको पुष्टि गरेकाहुन् ।

दिउसो ४ बजेदेखि नै बास्तोलको मृत्यु भएको समचार अनलाइनहरुमा आएपनि पुष्टि भएको थिएन । शर्माले बेलुका ९ बजेर २० मिनेटमा निधन भएको जनाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो । त्यसयता उनी अचेतको अचेत ढलिरहेका थिए ।

उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए । बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन् । चक्रलाई छुटाएर कांग्रेसको क्रान्ति कथा लेखिनै सक्दैन । दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला । उनी भारतका लागि नेपाली राजदूत समेत बनेका थिए

बिश्वप्रकाश शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्

अन्तत चक्र दाइ जानू भयो !!!!

नेपाली कांग्रेसका अग्रज बौद्धिक नेताले अन्ततः देहत्याग गर्नुभएको छ l उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा !!