काठमाडौं– दुई महिनाको अवधिमा सरकारले १ सय ६० भन्दा बढी कानुन निर्माण गरेको छ। चालू आर्थिक वर्ष २०७५/७६ सुरु भएयता उक्त संख्याका कानुन निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसैगरी सरकारले अब अनलाइन प्रणालीमार्फत मन्त्रालयको गतिविधिको निरीक्षण गर्ने भएको छ। यसका लागि ‘अनलाइन मनिटरिङ सिस्टम’ तयार गरिएको कार्यालयले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यालयका अनुसार उक्त प्रणालीमार्फत सरकारका नीति तथा कार्यक्रम र वार्षिक बजेटलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित मन्त्रालयबाट पेस भएका कार्ययोजनाहरूको उपलब्धिको मापन हुनेछ। आगामी दिनमा प्रत्येक मन्त्रालयले आफूले सम्पादन गरेका कार्यहरूको मासिक प्रतिवेदन पेस गर्ने र त्यसको मूल्यांकन पनि सोही अनलाइन प्रणालीमार्फत नै हुनेछ।

कार्यउपलब्धिका आधारमा सरकारले अबदेखि प्रत्येक महिना उत्कृष्ठ निकाय घोषणा गर्ने जानकारी कार्यालयले दिएको छ। प्रतिबद्धता जनाएबमोजिमका कार्य उपलब्धि नभएमा र कार्यान्वयनमा कमजोरी देखिए सम्बन्धित मन्त्रालयका सचिव जिम्मेवार हुनेछन्।  नेपाल लाइभ बाट