दमक/इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले घुमाउरो भाषामा अनआवश्यक रुपमा दबाब नदिन आग्रह गरेकाछन् । आज झापाको दमकमा भएको एक शुभकामना कार्यक्रममा बोल्दै साँसद, मेयर र राजनीतिक दलका अगुवा सहित पत्रकारहरुमाझ उनले यस्तो भनेकाहुन् ।
दशै असत्यमाथि सत्यको जितको खुसियाली भएको जनाउदै उनले असत्यलाइ नै सत्य बनाउन आफुहरुलाइ दबाब नदिनका लागि आग्रह गरेका थिए । उनले माइवारीको क्षेत्रमा सुरक्षा प्रदान गर्न आफु हरदम लागि पर्ने र परेको बताए ।










