दमक/दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले खानपीनमा आफु कसैलाइ कर नगर्ने बताउदै आफुलाइ पनि नगर्न आग्रह गरे । उनले आफुले दशै तथा चाडपर्वमा जुवातास र खानपीनमा नरमाउने जनाउदै त्यो रकम देउसेभैलोलाइ दिने गरेको सुनाए । बिगतमा पनि यसै गरेको यो बर्ष पनि आफ्नो त्यहि उदेश्य रहेको उनको भनाइ रहेको थियो ।
उनले खानपीनमा नै बढि ध्यान दिनलाइ जोड दिए । खानपीनलाइ ध्यान दिएको अवस्थामा मष्तिष्क स्वस्थ हुने जनाउदै ओलीले यस्तो टिप्स दिएका थिए । उनले सकेसम्म केहि पुस्तक पढ्न पनि सुझाव दिए । म पनि पढ्छु र यहाँहरुलाइ पनि पढन सुझाव दिन्छु, ओलीले भने ।










