, १३ माघ । राष्ट्रिय युवापरिषद्ले मुलुकभरका दुई सय ७५ युवा उद्यमीलाई व्यवसाय सञ्चालन गर्न बिनाधितो निःशुल्क पाँच लाख रुपैयाँ दिने भएको छ । युवा वर्गलाई उद्यमशीलतामा आकर्षित गराउने उद्देश्यले यस्तो परियोजना ल्याइएको परिषद्ले जनाएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलका अनुसार उद्यम गर्न चाहने युवाको समूहले प्स गरेको प्रस्तावका आधारमा उक्त रकम दिइनेछ । परिषद्ले यस परियोजनालाई ‘एक वडा १० युवा’ अभियान नाम दिएको छ । परियोजनाका अनुसार रकम लिन चाहनेले हरेक वडाबाट १० जनाको समूह बनाएर आफूले सञ्चालन गर्न खोजेको व्यवसाय र व्यवसाय सफल हुने आधारसहितको प्रसताव पेस गुर्नपर्नेछ । यसरी आएको प्रस्तावलाई छनोट गरेर एक निर्वाचन क्षेत्रमा न्यूनतम एक समूहलाई यस्तो रकम दिइने ढुंगेलले बताए । मुलुकभर हाल कायम रहेको दुई सय ७५ वटा निर्वाचन क्षेत्रलाई आधार मानेर रकम दिन लागिएको हो । व्यवसाय सञ्चालन गर्न चाहने १० जनाको समूहमा ५०प्रतिशत महिला हुनुपर्छ । समूहका हरेक सदस्य ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । व्यवसाय सञ्चालनका लागि दिइने रकमका लागि धितो राख्नु पर्दैन । उत्त रकम निःशुल्क हो । तर, यो रकम उद्यमीले पाँच वर्षभित्र परिषदलाई फिर्ता गरिसक्नु पर्नेछ । अन्नपूर्णपाेष्ट दैनिकमा खबर छ ।
२७५ युवा समूहलाई बिनाधितो पाँच लाख
सवाल नेपालसंवाददाताबिहीबार, ११ माघ २०७३

२७५ युवा समूहलाई बिनाधितो पाँच लाख
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



