दमक/नवमीका दिन बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापामा नेता कार्यकर्ताहरुलाइ शुभकामना आदनप्रदानका साथै चियापान कार्यक्रममा सहभागि हुनका लागि आग्रह गरेकाछन् ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीको निम्ताको सन्देश लिएर पार्टीका जिल्ला नेता र सचिवालयका कर्मचारीहरुले नेता कार्यकर्ताहरुलाइ निम्ता गरिसकेकाछन् । अग्रेसन भवनमा हुने भब्य शुभकामना आदनप्रदान कार्यक्रमको तयारी पुरा भएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी एकता (नेकपा एमाले र माओबादी केन्द्र) घोषणा भएको एक बर्षपछि उनी झापा आउदा झापामा जिल्ला नेतृत्वको बिषयमा टुंगो लाग्छ की भन्ने पनि कतिपयको बुझाइ छ । सहमतिका लागि प्रधानमन्त्रीलाइ कसै न कसैलाइ ग्रिनसिगल दिन सक्नुहुनेछ, एक नेताले भने ।

ओलीले झापामा शुरु भएका योजनाहरु र झापाको बिकासका बारेमा समेत केहि कोशेलीले लिएर आउने अपेक्षा रहेको नेकपाका नेताहरु बताउछन् ।