दमक/प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वसाधरणसंगै चिया पीउदैछन् । प्रधानमन्त्रीको रुपमा सर्वसाधरणसंग उनले सामुहिक रुपमा चियाउ पीउन लागेको पहिलो अवसर यो हुने जनाइएको छ
आज बिहिबार झापाको बिर्तामोको अग्रेसन भवनमा दिउसो १२ बजे उनी आफैले चियापान कार्यक्रम राखेकाछन् । आफुले राखेको चियापानमा सहभागिहरुसंगै उनले चिया पीउने कार्यक्रम रहेको उनको नीजि सचिवालयले जनाएको छ । यस्तो छ आजको कार्यक्रम
०७५ कार्तिक १ गते विहिवार, महानवमी ( विहान झापा प्रस्थान र अपरान्ह काठमाण्डौ फिर्ता)
चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा पुस्तक विमोचन कार्यक्रम
सम्माननीय प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम










