प्रधानमन्त्री केपी शर्मा ओलीले चानचुने षड्यन्त्रले कुनै हालतमा सरकार नढल्ने बताएका छन्।

बिहीबार झापाको बिर्तामोडमा आयोजित दसैं शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ओलीले सरकारले काम गरेन भन्दै षड्यन्त्र गर्नेको ओथारो काम नलाग्ने दाबी गरेका छन्। ‘सरकारले केही गरेन भन्दै हाल्ला फैलाउने र षड्यन्त्र गर्नेको ओथारो काम लाग्दैन’, ओलीले भने, ‘सरकारले नागरिकको नाकमा कालो दल्ने काम कहिल्यै गर्दैन ।’

ओलीले नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त भएकाले षड्यन्त्रकारी आफैं पराजित हुने दाबीसमेत गरेका छन्। ‘नवदुर्गा माताको शक्ति सरकारलाई पनि प्राप्त भएको छ’, उनले भने, ‘षड्यन्त्र गर्ने आफैं पराजित जान्छन्, नागरिकले दुःख नमाने हुन्छ ।’

प्रधानमन्त्री ओलीले धेरै नागरिकको चाहनाले नै अहिलेको सरकार बनेको र आफूलाई प्रधानमन्त्री बनाएको बताउँदै सरकार सुशासनको बाटोबाट पछि नहट्ने बताए ।

सरकारको लक्ष्य भनेकै राष्ट्रिय संकल्प पूरा गर्ने र सो संकल्प भनेकै विकास भएको उनको भनाइ छ । ओलीले विकासको पाइला नरोकिएको बताउँदै विकासको चरण सबैले बुभ्mनू आवश्यक भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा सरकारको ढुकुटी रित्तो अवस्थामा रहेको, संघीय र स्थानीय सरकार निर्माण गर्नुपर्ने, विकासका काम बीचमा नै रोकिएको अवस्थामा रहेकाले सबैलाई गति दिन समय लागेको उनको भनाइ छ ।